Skip to content

सेयर बजार बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४.०० अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ ।

आज सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ । गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima