Skip to content

सानेपामा खुल्यो इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सन्चालनमा ल्याएका छन् ।

मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत शैली र आधुनिक नवप्रवर्तनलाई संयोजन गर्दै नेपाली बजारमा प्रिमियम स्वादको अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

ब्रान्डले २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध गराएको छ। व्यावसायिक जेलाटो उत्पादनमा प्रयोग हुने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ तथा इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुभवलाई उत्पादनको मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल र इटालीबीचको सहकार्य परम्परागत व्यापारमा मात्र सीमित नरहेको उल्लेख गर्दै उद्यमशीलता, लगानी, व्यावसायिक साझेदारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा समेत सम्भावना विस्तार भइरहेको बताए।

नेपाल–इटाली चेम्बर अफ कमर्सले दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ बनाउन व्यापार र लगानी प्रवद्र्धनसँगै सीप, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमा जोड दिँदै आएको छ।

अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञतालाई नेपाली बजारमा भित्र्याउने यस्ता उद्यमले स्थानीय व्यवसायको विकास तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउन सक्ने अग्रवालको भनाइ छ।

‘नट्स एन्ड स्कूप’ का संस्थापकहरूले ग्राहकको प्रतिक्रिया, उत्पादनसम्बन्धी अनुसन्धान र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

संस्थापकहरूका अनुसार उद्घाटनकै दिन २०० भन्दा बढी ग्राहकले सानेपास्थित आउटलेट भ्रमण गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima