Skip to content

सुनको मूल्य तोलाकाे २२ सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima