Skip to content

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा.वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन् ।

उनी मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विश्वभरका अर्थमन्त्रीहरूको सहभागिता रहने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागी हुनेछन् । ती बैठकमा नेपालको आर्थिक अवस्था, विकासका प्राथमिकता तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जाने कार्यक्रम रहेको छ।

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima