Skip to content

जेटुर टी-१ र टी-२ को प्रि-बुकिङ खुल्यो

काठमाडौं । जेटुर नेपालले टी१ र टी२ मोडलको प्रि–बुकिङ खुला गरेको छ । यससँगै यी दुई एसयूभीका लागि ग्राहकले बुकिङ गर्न सक्ने भएका छन् ।

जेटुरको शोरुम थापाथलीमा रहेको छ । नेपालमा हुन्डाई, बीएमडब्लू, आर्कफक्स, केई लगायत ब्रान्डका सवारी साधन बिक्री गरिरहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटरहबले जेटुर ग्रुप नेपालमा भित्र्याएको हो।

जेटुर टी१ पीएचईभीको मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, जेटुर टी२ को पीएचईभी (प्लग–इन हाइब्रिड) र आईसीई (पेट्रोल इन्जिन) दुवै भेरियन्टको मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ छ।

जेटुर टी१ र टी२ मा आकर्षक डिजाइन, आधुनिक स्टाइलिङ र उन्नत अटोमोटिभ प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी मोडलले कार्यक्षमता, आराम र विभिन्न सडक तथा ड्राइभिङ अवस्थाअनुसार उपयोगिताको संयोजन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पीएचईभी भेरियन्टमा विद्युतीय मोटर र इन्टरनल कम्बसन इन्जिनको संयोजन रहेको छ । यसले विद्युतीय माध्यमबाट सवारी चलाउने सुविधा र इन्जिनको उपयोग गर्ने विकल्प प्रदान गर्छ। त्यस्तै, टी२ को आईसीई भेरियन्टमा अल ह्विल ड्राइभ (एडब्लूडी) प्रणाली उपलब्ध छ। यसले ग्राहकलाई आफ्नो ड्राइभिङ आवश्यकता र प्राथमिकताअनुसार विकल्प छनोट गर्ने सुविधा दिने  जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima