Skip to content

एनआरएन इन्फ्रास्ट्रक्चरले तीन कम्पनीमा लगानी गर्दै, कुनमा कति ? 

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर मण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजना र एक केबल्स उद्योगमा लगानी  गर्ने भएको  छ । कम्पनीले तीन कम्पनीमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिले तीनवटै कम्पनी तथा आयोजनामा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।  कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लगानीसम्बन्धी निर्णय गरेको छ । प्रस्तावित लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा दुधकोशी–२ जलविद्युत आयोजनामा रहनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चरले सोलुखुम्बु जिल्लामा प्रवर्द्धन भइरहेको ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनामा कम्पनीले १ करोड कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो ।
त्यस्तै, कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । सानिगार्ड ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनामा एनआरएन इन्फ्रास्ट्रक्चरले २० लाख कित्ता सेयर खरिद गर्नेछ ।
कम्पनीले अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा पनि लगानी गर्ने निर्णय गरेको छ । मोरङमा रहेको उक्त उद्योगको २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्न कम्पनीले ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो ।
कम्पनीको निर्णयअनुसार दुधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ, छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी हुनेछ । यसरी तीनवटै क्षेत्रमा कम्पनीको कुल प्रस्तावित लगानी १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २२ बमोजिम कम्पनीले लगानीसम्बन्धी सैद्धान्तिक निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र नेपाल धितोपत्र बोर्डलाई गराएको जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima