काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ ।
कार्ययोजना तथा प्रस्तुतिमा सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपानेको नाम सिफारिस भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ। समितिले असोज १७ र १८ गते १६ जनाको अन्तर्वार्ता लिएको थियो ।
कम्पनीमा सीईओको पद गत वैशाख तेस्रो सातादेखि रिक्त छ। सरकारले ल्याएको अध्यादेशका कारण यसअघिका सीईओ रमेश आचार्य पदमुक्त भएका थिए। सीईओ फेरि नियुक्तिका लागि आवेदन दिएका आचार्य सिफारिसमै परेनन् ।











प्रतिक्रिया दिनुहोस्