Skip to content

तास आयात गर्दा २ महिनामा बाहिरियो ६ करोड ३० लाख, कुन देशबाट कति भित्रियो ?

काठमाडौं । नेपालीमा एउटा भनाइ छ ‘नखेल्नु है जुवा र तास, धनको नास, जिन्दगी बनाबस’ । के यति भन्दैमा नेपालीले तास नै नखेल्लान र ?

मिलेसम्म चाडपर्वको समयमा खेल्छन् नै । चाडपर्वको समयमा तास खेललाई कतिपयले मनोरञ्जनको साधनको रुपमा पनि लिने गर्छन ।

तर, यहाँ रमाइलो के छ भने सरकारले तास आयात गर्न सहजै दिएको छ । खेलेको देखेको खण्डमा प्रहरीले पक्राउ गरेर लैजान्छ । नेपालमा तास आयात गर्न सरकारले रोकेको छैन । खेलेको देखे कारबाही भने हुन्छ । भन्सार विभागका निर्देशक समेत रहेका सूचना अधिकारी किशोर बर्तौला सरकारले तास आयातलाई नरोकेको बताउँछन् ।

चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ६ करोड ३० लाख १९ हजार रुपयाँको २३ लाख ५५ हजार ८०१ थान तास आयात भएको छ । यसबाट ३ करोड ८४ लाख ७६ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

विभागका अनुसार साउन महिनामा ५ करोड १८ लाख ३५ हजार रुपैयाँको १९ लाख ९२ हजार २६५ थान तास आयात भएको थियो । उक्त तास आयातहुँदा ३ करोड ११ लाख ५९ हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

साउनमा चीनबाट ४ करोड ६७ लाख ८० हजार रुपैयाँको १४ लाख ६८ हजार २५४ थान तास आयात भएको छ । यस्तै भारतबाट ५० लाख ५५ हजार रुपैयाँ ५ लाख २४ हजार थान तास आयात भएको छ । यस्तै जापानबाट ६ जान र अमेरिकाबाट १ हजारको ५ थान तास आयात भएको छ ।

यस्तै भदौ महिनामा चीनबाट १ करोड ३ लाख ६७ हजार रुपैयाँको ३ लाख ४३ हजार ५२५ थान तास आयात भएको छ । यस्तै भारतबाट ८ लाख १६ हजार रुपैयाँको २० हजार थान तास आयात भएको छ । जापान र अमेरिकाबाट आयात भएको तास साउन र भदौमा उस्तै रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima