Skip to content

भोटेकोशी र त्रिशूली बाढीको बीमा दाबी २० अर्ब ९० करोड, कति भयो भुक्तानी ?

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो । बाढीबाट भएको क्षतिबापत कुल अनुमानित दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ रहेको छ । बीमा कम्पनीहरूले हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ । कम्पनीमा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको दाबी परेको विवरणमा उल्लेख छ ।
यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको दाबी परेको प्राधिकरणको जानकारी दिएको छ ।
बाढीबाट भएको क्षतिबापतको बीमा दाबी भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले हालसम्म १९ करोड ८९ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ४९ लाख ६२ हजार रुपैयाँ, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड १६ लाख ५३ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
बीमालेख अनुसार हेर्दा सम्पत्ति बीमामा सबैभन्दा बढी रकमको प्रारम्भिक दाबी परेको छ । यस शीर्षकमा ५७२ बीमितबाट ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको दाबी परेको छ । त्यसमध्ये हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १७४ बीमितको ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको दाबी परेको छ । यस शीर्षकमा ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।
मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै एक हजार ६८ बीमितबाट २८ करोड ५० लाख ३४ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ । यसमध्ये छ करोड ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, परिवहन बीमाअन्तर्गत १०६ बीमितको २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबी परेकोमा सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ ।
अन्य बीमाअन्तर्गत ४५५ बीमितबाट १५ करोड १० लाख ३ हजार रुपैयाँको दाबी परेको छ । यस शीर्षकमा हालसम्म ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भएको छ ।
स्वास्थ्य बीमाअन्तर्गत ५२ बीमितको दुई करोड ३९ लाख १४ हजार रुपैयाँको अनुमानित दाबी परेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima