Skip to content

लक्ष्मी सनराइज क्यापिटलको ५.३८ करोड नगद लाभांश पारित  

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशतका दरले ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। करसहितको उक्त लाभांश वितरणसम्बन्धी प्रस्ताव कम्पनीको असोज २९ गते बिहीबार काठमाडौँको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न साधारण सभाले पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कार्यरत लेखापरीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको विवरणअनुसार प्रति सेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको छ। वितरणयोग्य आम्दानीबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको हो ।
नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएको लक्ष्मी सनराइज क्यापिटलले सेयर निष्काशनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषका सेवा सञ्चालनमार्फत नेपालको धितोपत्र बजारको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको जनाएको छ। साथै, एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ ।
लक्ष्मी सनराइज क्यापिटल इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट (इम्प्याक्ट प्रिन्सिपल्स) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था रहेको कम्पनीले जनाएको छ । उक्त विश्वव्यापी पहलले सामाजिक तथा वातावरणीय प्रभावलाई समेत ध्यानमा राख्दै लगानी प्रक्रियालाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। यस सदस्यताले दिगो तथा उत्तरदायी लगानीप्रति कम्पनीको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima