काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् आजबाट सबैतिर दशैं लागेको छ । आजबाट दसैंको बिदा सुरु भएको छ । सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने भएका छन् ।
बैंकहरुले आज सबै प्रदेशका निश्चित तोकिएका शाखा खोल्ने भएका छन् । बैंकहरुले फरक फरक समयमा सेवा दिने भएका छन् । यो सँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा समेत गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्