काठमाडौं । मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको जनाइएको छ ।
दुर्घटनामा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, १२ वर्षीया सिवानी राई, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् ।
उनीहरूको हाल सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
चालकका अनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार भइरहेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटना मृतक तथा बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन ।












प्रतिक्रिया दिनुहोस्