Skip to content
Prabhu

बलेफी हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । हाइड्रोपावरले असार २० गते विशेष साधारणसभा आह्वान गरेको हो ।

हाइड्रोपावरको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रोयल एलिनाज रेष्टुरेन्ट प्रालि, नयाँ बानेश्वर, काठमाडौंमा असार २० गते बिहीबार बिहान ११ बजे विशेष साधारणसभा बोलाइएको छ ।

विशेष साधारण सभाले कम्पनीको कर्जा सुविधा स्वीकृती सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ भने सञ्चालकहरुको नियुक्ति सम्बन्धमा समेत छलफल तथा निर्णय गर्ने कार्यसूची छ ।

विशेष साधारण सभाका लागि कम्पनीले असार ११ गते मंगलबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसा असार १० गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal