Skip to content

प्रधानमन्त्री शाहले एनपिएलको उद्घाटन गर्ने, ‘नेपाल प्रिमियर लिग नेपाली खेलकुदको उत्सव’

nabil
global ime

काठमाडौ‌ । प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संकरणको औपचारिक उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले भने, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना ।”

एनपिएलको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima