सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट ४ लाख ५६ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई र ईश्वर कार्की, टिकाराम गेलाल र जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू छन् । प्रहरीले उनीहरूका साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्