काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन् । उनको राजीनामासँगै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते बसेको बैठकले उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि होमबहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्