Skip to content
Prabhu

नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा

काठमाडौं । चितवनमा भोलिदेखि नवौँ नेपाल फर्मा एक्स्पो–२०२४ हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक भन्ने मूल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म एक्स्पो गर्न लागेको हो ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै एपोनले नेपालि औषधि उद्योगको बिकास र प्रवर्द्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको जनाइएको छ ।

एक्स्पोमा साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका छन् भन्ने कुरा जानकारी प्राप्त गर्न सकिने फर्मा एक्स्पो संयोजक प्रभात रुङ्गग्टाले बताए ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मनलगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छ । 

नवौं नेपाल फर्माएक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याके ज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा छन्। 

सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स  मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनर मा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल छन् ।

एक्स्पोमा चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, संचारकर्मी, उद्योगी र सर्वसाधारण गरि करिब २५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ भने फर्मा एक्स्पोको सम्पूर्ण तयारी पनि पूरा भएको उनले जानकारी दिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal