Skip to content

भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारण सभा, लाभांश पारित गर्ने 

nabil
global ime
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले मंसिर ३ गते, बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा दियालो फुडल्याण्ड कालिकानगर प्रालि, बुटवल उपमहानगरपालिका, रुपन्देहीमा हुने छ । साधारण सभा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी  दिएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima