Skip to content

प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एक विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री शाहको उपस्थिति रहने भएपछि उद्घाटन खेलका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षा प्रबन्धअन्तर्गत १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरी एक सयभन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ ।

उद्घाटन समारोह सम्पन्न भएलगत्तै पहिलो खेलमा गत सिजनका फाइनलिस्टद्वय लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने भएका छन् । यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गरेको छ ।

प्रतियोगिताको पहिलो दिनबाटै विश्वचर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति र डिफेन्डिङ च्याम्पियन तथा उपविजेताबीचको प्रतिस्पर्धाले क्रिकेटप्रेमीहरूमा ठूलो उत्साह छाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima