Skip to content

पूर्वअर्थमन्त्री लोहनीको अर्थमन्त्री वाग्लेलाई सुझाव– ‘आफ्नै मन्त्रालयको कार्यसम्पादन सुधार गर्नुहोस्’

'निर्यात जन्यबस्तू सीमामा महिनौँसम्म रोकिने समस्या समाधान गर्नुहोस्'

nabil
global ime

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विदेश मामिलामा सक्रियता देखाउनुभन्दा पहिले आफ्नै मन्त्रालयको कार्यसम्पादन सुधारमा ध्यान दिन सुझाव दिएका छन् ।

अर्थमन्त्री डा.वाग्लेको पछिल्लो विदेश नीतिसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै लोहनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालका निर्यातजन्य वस्तुहरू सीमामा हप्तौँ वा महिनौँसम्म रोकिने समस्या समाधान गर्न तथा गैरभन्सार अवरोध न्यूनीकरण गर्न प्रभावकारी पहल गर्न सुभाव दिएका हुन् ।

यसैगरी, लोहनीले बालेन नेतृत्वको सरकारले भारतसमक्ष पनि यस्तै प्रकृतिको नीति प्रस्ताव गर्न खोजेको हो ? भन्ने प्रश्न उठाएका छन् । साथै, भारतीय विदेश नीति प्रतिष्ठानलाई खुसी पार्ने उद्देश्यले अर्थमन्त्री डा.वाग्लेले यस्तो रणनीति अघि सारेको हो ? भन्ने विषयमा पनि उनले जिज्ञासा व्यक्त गरेका छन् ।

लोहनीका अनुसार पश्चिमी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका डा.वाग्लेमा दक्षिण एसियाली संस्करणको ‘मोनरो सिद्धान्त’ प्रति अनौठो आकर्षण देखिएको छ । उनले भारत सरकारका अधिकारीहरूले समेत अहिलेसम्म यस्तो सिद्धान्तको पक्षमा वकालत गरेको नदेखिएको उल्लेख गरेका छन् ।

सन् १८२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मोनरोले अघि सारेको मोनरो सिद्धान्तको भूराजनीतिक पृष्ठभूमिबारे वाग्ले जानकार रहेको आफूले विश्वास गर्ने लोहनीको भनाइ छ ।

उनका अनुसार उक्त सिद्धान्त अमेरिकाले पश्चिमी गोलार्धमा युरोपेली शक्तिहरूको हस्तक्षेप रोक्ने उद्देश्यले अघि सारेको थियो । पछि यही सिद्धान्तलाई अमेरिकाले ल्याटिन अमेरिकी देशहरूमा आफ्नो प्रभाव विस्तार र हस्तक्षेपको आधारका रूपमा समेत प्रयोग गर्दै आएको थियो ।

‘वाग्लेले यी अभिव्यक्ति कसको तर्फबाट दिइरहनुभएको छ भन्ने विषयमा धेरै मानिस अन्योलमा छन्,’ लोहनीको भनाइ छ । उनले अर्थमन्त्री वाग्लेलाई विदेश मामिलामा अनावश्यक सक्रियता देखाउनुभन्दा मन्त्रालयको कार्यसम्पादन सुधारलाई पहिलो नीतिगत प्राथमिकता बनाउन आग्रह गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima