काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका छन् । बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका हुन् ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्गले १ लाख र सरला देवी प्रधानाङ्गले १ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
कम्पनीका अनुसार दुवै सेयरधनीले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन दिएका छन् । उक्त निवेदन कम्पनीमा असोज ३० गते प्राप्त भएको हो ।
नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार कम्पनीले सेयर बिक्री गर्ने मनसायबारे नेप्सेलाई जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्