Skip to content

एशियन लाइफका सीईओलगत्तै स्वतन्त्र सञ्चालकले पनि दिए राजीनामा

nabil
global ime

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठ र स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले राजीनामा दिएका छन् ।

कम्पनीका सीईओ श्रेष्ठले कात्तिक १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन् । यस्तै, कम्पनीका स्वतन्त्र सञ्चालक कार्कीले पनि कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार कार्कीले कात्तिक ९ गते राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको कात्तिक १० गते मंगलबार बिहान ९ बजे बसेको सञ्चालक समितिको २२४औँ बैठकले स्वीकृत गरेको हो ।

कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार कार्कीको राजीनामा स्वीकृत भएको जानकारी नेप्सेलाई गराएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima