Skip to content

निफ्राको नाफा २०.१६ प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ? 

nabil
global ime
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमास नाफा २०.१६ प्रतिशतले घटेको छ । बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा बैंकले १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० रूपैयाँ नाफा कमाएको थियो ।
बैंकको वित्तीय विवरणअनुसार चालु आवको पहिलो तीन महिनामा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।  त्यसैगरी, खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । जसको कारण बैंकको नाफामा पनि गिरावट आएको हो ।
बैंकको निक्षेप र कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ७ अर्ब ८२ करोड रुपैयाँ रहेको निक्षेप बढेर १२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटी प्रवाह २६ अर्ब १८ करोड रुपैयाँबाट बढेर ३४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष तथा सञ्चित नाफा ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।
त्यसैगरी, बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको सोही अवधिमा ३ रुपैयाँ ८६ पैसा रहेकामा घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ३८ पैसा रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima