काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ८०० रुपैयाँ बढेको हो । आज चाँदीको मूल्य भने तोलाको २५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको थियो ।
मंगलबार नेपाली बजारमा चाँदी तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्