काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा, युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा पुगेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ०४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ७१ पैसा तथा बिक्री दर १०७ रुपैयाँ १३ पैसा, रहेको छ भने क्यानाडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा तोकिएको छ।
एसियाली मुद्राहरुमा १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन एक सयको खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा, संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा पुगेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्