Skip to content

हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्काशन, कसले दिन पाँउछ आवेदन ?

nabil
global ime

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा प्रतिसेयर १०० रुपैयाँका दरले १६ करोड ९० लाख रुपैयाँको १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेको छ ।

१० लाख १४ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका-५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका- २, ३ र ४ का स्थायी बासिन्दाहरुका लागि निष्काशन गरिएको छ । बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुका लागि निष्काशन गरिएको छ ।

यस्तै ४ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर १० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima