काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग माग गरेका छन् ।
नेता बाँस्कोटाले सामाजिक सन्जाल फेसबुक मार्फत डा वाग्लेलाई बर्खास्त गर्न माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका मन्त्री डा. वाग्लेले कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको अभिव्यक्तिलाई लिएर बाँस्कोटाले यस्तो आग्रह गरेका हुन् ।
‘‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग’’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सूत्रमा बाँधेका थिए । अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम,पिएम!’’
वाग्लेको उक्त अभिव्यक्तिलाई लिएर अहिले निकै आलोचना समेत भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्