Skip to content

बाढीपहिरोको कारण नाका बन्दहुँदा पनि रोकिएन ईभी आयात: एक महिनामा साढे ६ अर्बको भित्रियो, तीन महिनामा १६ अर्ब बाहिरियो 

nabil
global ime
काठमाडौं । चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका बाढीपहिरो र अविरल वर्षाका कारण प्रभावित हुँदा पनि नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात भने रोकिएको छैन । पछिल्लो तीन महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरैको विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । त्यसमध्ये एक महिनामै साढे ६ अर्ब रुपैयाँ बराबरका ईभी आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीको कारण चीनको रसुवा नाका पूर्णरुपमा बन्द छ । यसैगरी, असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण चीनसँग जोडिएको मुस्ताङको कोरलालगायतका अधिकांश व्यापारिक नाकामा अवरोध उत्पन्न भएको थियो । सो बिचमा पनि ईभी आयात भने उल्लेख्य रूपमा बढेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा १६ अर्ब ६ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको यस्तो बस्तु आयात भएको छ । भदौ महिनासम्म ७ अर्ब ३० करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरकोमात्र यस्तो बस्तु आयात भएको थियो ।
ईभी आयातबाट सरकारले चालु आवको तीन महिनामा ९ अर्ब ४१ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । भदौ महिनासम्म सरकारले ईभी आयातबाट ४ अर्ब ५० करोड २३ लाख ९१ हजार रुपैयाँमात्रै राजस्व संकलन गरेको थियो । आयातसँगै सरकारको राजस्वमा पनि वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा चीन, भारत, थाइल्यान्ड र अमेरिकाबाट विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन् । उपलब्ध विवरणअनुसार चीनबाट सबैभन्दा धेरै ईभी आयात भएका छन् भने दोस्रो स्थानमा भारत रहेको छ ।
चीनबाट तीन महिनाको अवधिमा ९ हजार ५ सय ५२ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । उक्त सवारीसाधनको कुल आयात मूल्य ११ अर्ब ६५ करोड ७० लाख ९२ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, भारतबाट ३ हजार १ सय ६२ वटा ईभी आयात भएका छन् । ती सवारीसाधनको कुल आयात मूल्य ३ अर्ब २८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima