Skip to content

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

nabil
global ime
काठमाडौं । बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुनुभएको छ ।
जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य हुन् । उनले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाएका थिए । सन् २०२५ मा उनले  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गरेका थिए ।
उनले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका थिए । इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima