काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
संस्थाको २४८औँ सञ्चालक समिति बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार उनलाई आगामी मंसिर १६ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त गरिएको छ ।
संस्थाले उक्त नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई औपचारिक जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।












प्रतिक्रिया दिनुहोस्