Skip to content

एनपिएल: कर्णालीले टस जित्यो, विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने

nabil
global ime

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको ‘टस’मा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय गरेका हुन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ ।

कर्णाली आज दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । यता विराटनगर भने पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T