Skip to content
Prabhu

अधिकांश उपसमूह राताम्य भएको दिन नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८७ करोड

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार परिसूचक बिहीबार १० दशमलव ४४ अंकले घटेको हो ।

पछिल्लो समय सेयर बजार लगातार जासो घटिरहेको छ । साताको अन्तिम कारोबार दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १० दशमलव ४४ अंकले घटेर २०६८ दशमलव ३६ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ५२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३ अर्ब ८७ करोड बढीको कारोबार भएको छ । आज ३०६ कम्पनीका ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ५३ हजार १७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६९ अंकले घटेर ३६५ दशमलव ०५ विन्दुमा पुगेको छ । आज दुई उपसमूहको सेयर मूल्य मात्रै बढ्यो भने बाँकी सबै उपसमूहको सेयर मूल्यमा गिरावट आयो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal