Skip to content
Prabhu

बिहीबार कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा १० अंक बढीको गिरावट देखियो । यो दिन सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य घट्यो । यो दिन सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी हो कुथेली बुखारी साना जलविद्युत लिमिटेड । यो कम्पनीको सेयर मूल्य ९.२८ प्रतिशतले घटेको हो ।

बिहीबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १५८ रुपैयाँले घटेर १ हजार ५४५ रुपैयाँमा कारोबार बन्द भयो । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीको दोस्रो नम्बरमा भगवती हाइडोपावर डेभलपमनेन्ट कम्पनी रहेको छ । यो कम्प्नीका सेयर मूल्य ५.४७ प्रतिशत अर्थात् ५५ रुपैयाँले घटेर ९५० रुपैयाँमा कारोबार बन्द भएको छ ।

बिहीबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ५.३० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा यो हप्ताको कारोबार बन्द भएको छ। स्वभिमनन लघुवित्त वित्तीय स.स्था लिमिटेडको सेयर मूल्यमा पनि ४.७९ प्रतिशतले गिरावट आएको छ । यो स्टकको सेयर मूल्यमा ६७ रुपैयाँले कमी आएर १ हजार ३३२ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ४.४९ प्रतिशत अर्थात् ७० रुपैयाँले कमी आएर १ हजार ३९० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal