Skip to content

इमर्जिङ नेपालबाट बाहिरिँदै अग्रवाल, आफ्नो स्वामित्वमा रहेको २.२५ प्रतिशत सेयर बिक्री गर्ने 

nabil
global ime
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी शशिकान्त अग्रवालले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने भएका छन् ।
इमर्जिङ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार अग्रवालले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको १ लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने आशय व्यक्त गरेका छन् ।
कम्पनीका अनुसार अग्रवालसँग इमर्जिङ नेपालको कुल १ लाख २५ हजार १० कित्ता सेयर रहेको छ । यो कम्पनीको कुल सेयरको २.२५ प्रतिशत हो । उनले आफ्नो स्वामित्वमा रहेको शतप्रतिशत अर्थात् सम्पूर्ण सेयर बिक्री गर्न लागेका हुन् ।
अग्रवालले व्यापार व्यवसायका लागि पुँजी निर्माण गर्ने उद्देश्यले सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । यस सम्बन्धमा सेयर बिक्री गर्ने आशयसहितको निवेदन कम्पनीमा मिति कात्तिक १९ गते प्राप्त भएको थियो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रारम्भिक सार्वजनिक निष्कासनका बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा पाँच कारोबार दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ ।
कम्पनीले सम्बन्धित सेयरधनीले सेयर बिक्री गर्ने मनसाय मात्र व्यक्त गरेको स्पष्ट पारेको छ । यो सूचना सेयर बिक्री सम्पन्न भएको जानकारी नभई प्रस्तावित बिक्रीसम्बन्धी पूर्वजानकारी मात्र भएको कम्पनीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T