काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका छन् ।
प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताए ।
उनले विविधता अस्ट्रेलियाको शक्ति भएको उल्लेख गर्दै नेपाली समुदाय अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको महत्त्वपूर्ण हिस्सा रहेको बताए ।
‘आज सिड्नीमा हाम्रो नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै सुखद रह्यो । विविधता नै हाम्रो शक्ति हो र नेपाली समुदाय त्यसको अत्यन्तै महत्त्वपूर्ण हिस्सा हो,’ उनले आफ्नो सन्देशमा भनेका छन् ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले भाषा, संस्कृति, परम्परा र चाडपर्वमार्फत आफ्नो पहिचान जोगाउँदै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा योगदान पुर्याउँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्