Skip to content

कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ: प्रथम महिला काफ्ले

nabil
global ime
काठमाडौं । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छिन् ।
कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरी प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्  ।
उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पु¥याउनुपर्ने बताएकी छिन् ।
विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने नको भनाइ थियो । “कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पु¥याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भनिन् ।
उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रूपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरूपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याएकी छिन् ।
श्रीमती काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्ह: पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखेकी छन् । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो ।
‘डिजिटल’ युगमा मानिसबिचको सम्बन्ध र मानव तथा प्रकृतिबिचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताएकी छन् ।
कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न ‘फ्रम नेपाल विथ पस’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उनले जानकारी दिएकी छन्।
उनले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेकी छन् । “हाम्रा चाडपर्वमा प्रकृति र मानवबीचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन् । ती पक्षलाई विश्वभर पु¥याउन सबैको साझा प्रयास आवश्यक छ”, उनले भनिन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T