Skip to content

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

nabil
global ime

 

कर्णाली । गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइते दुवैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक बताए ।

कालीकोटदेखि विषादी सेवनको बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बलेरो जिप आज काफलतोलीमा दुर्घटना हुँदा सार्की र सिम्खडासहित छ जना घाइते भएका थिए । घाइते १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T