Skip to content

काठमाडौं गोर्खाजद्वारा चितवन राइनोज १० रनले पराजित

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको हो ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

काठमाडौंका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै काठमाडौंका बलर सहान अराचचिगेले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।

काठमाडौंका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।

यो जितपछि काठमाडौं गोर्खाजको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चितवन राइनोजको ५ खेलमा ५ अंक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T