Skip to content

एनपिएलः सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

nabil
global ime
ब्याटिङ गर्दै सूदूरपश्चिम रोयल्स काठमाडौँ, २४ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सूदरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स । तस्बिरः किरणराज विष्ट÷रासस
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो । सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए ।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए ।
हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
जनकपुरले पनि हालसम्म पाँच खेल खेलेको छ । उसले दुईमा जित र तीनमा हार व्यहोरेको छ । चार अङ्कसहित जनकपुर पाँचौँ स्थानमा छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T