Skip to content
Prabhu

नेसनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

 

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्यांकनअनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वा सोभन्दा माथि अवधिका बीमालेखले न्यूनतम ६४ हजारदेखि अधिकतम ८५ हजार रुपैयाँसम्म बोनस पाउने छन् ।

यसका साथै, सावधिक तथा आजिवन बीमालेखअन्तर्गत न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वा सोभन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले न्यूनतम ६४ हजार रुपैयाँदेखि अधिकतम ८५ हजार रुपैयाँसम्म बोनस पाउनेछन् ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वर्ष वा सोभन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्यूनतम ६३ हजार रुपैयाँदेखि अधिकतम ६४ हजार रुपैयाँसम्म बोनस पाउने छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal