Skip to content

सार्वजनिक बिदाको दिन पनि आन्तरिक राजस्व कार्यालयहरू खुला रहने

nabil
global ime

काठमाडौं । सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिए पनि सोमबार सबै कर कार्यालय खुला रहने भएका छन् ।

कात्तिक मसान्तको दिन कर संकलनका हिसाबले महत्त्वपूर्ण मानिने भएकाले सबै कर कार्यालय खुला राख्ने निर्णय भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार ‍ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र देशभरका आन्तरिक राजस्व कार्यालय खुला रहनेछन् ।

कर कार्यालयमा कर विवरण बुझाउने, गत आवको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधा उपयोग तथा बक्यौता फरफारक गर्ने र अन्तस्शुल्कजन्य वस्तु निष्कासन गर्ने प्रयोजनका लागि करदातालाई सहजीकरणलगायत काम हुने विभागले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T