Skip to content

कर्णालीले चितवनलाई २४ रनले पराजित गर्यो

nabil
global ime

काठमाडौं । हुसेन तलतको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । चितवनका लागि डेब्यु खेल खेलेका उसामा मिरले सर्वाधिक अविजित २८ रन बनाए । त्यस्तै कमिल मिशाराले २५ र देव खनालले १४ रनको योगदान दिए ।

कर्णालीका लागि हुसेन तलतले ब्याटिङतर्फ अर्धशतक प्रहार गरे भने बलिङमा ३ विकेट लिए । उनको अलराउण्ड प्रदर्शन जितको मुख्य आधार बन्यो ।

यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो ।

यता चितवनले भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलबाट ७ अंक जोडेको चितवन लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T