Skip to content

अस्ताउँदो सुर्यलाई अर्घ्य दिँदै उल्लासमय रुपमा काठमाडौंमा छठ पर्व मनाइयो (तस्विरहरु)

nabil
global ime

काठमाडौं । काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनार, कमलपोखरी लगायतका स्थानमा छठ पर्व मनाइएको छ ।

तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न स्थानमा पनि हर्षोल्लासका साथ मनाइएको छ ।

छठमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल तथा सर्वसाधारण सभागी भएका छन् ।

तराई मूलका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जोगाउँदै काठमाडौंमा समेत विधिपूर्वक छठ पूजा गर्दै आएका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइने यस पर्वले धार्मिक आस्था, पारिवारिक सुख, समृद्धि र सामाजिक सद्भावको सन्देश बोकेको छ।

तस्बिर: रासस

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T