Skip to content

सर्वोत्तम सिमेन्टले गर्यो २१ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ? 

nabil
global ime
काठमाडौं ।  सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समिति बैठकले २१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको चुक्तापुँजीकाे २१ प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ७० लाख ९७ हजार रुपैयाँ बराबर लाभांश घोषणा गरेको छ।
सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७८ करोड ३६ लाख रुपैयाँ बराबरको नगद सेयर पाउनेछन्। यस्तै, चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने ३१ करोड ३४ लाख रुपैयाँ बाेनस लाभांश पाउनेछन्। कम्पनीको अहिले ५ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी छ।
कम्पनीले मंसिर १८ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २ गते साधारणसभा बोलाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T