Skip to content
Prabhu

लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया सुरु, हिमालयन ऊर्जाले पायो हकप्रदको अनुमति

काठमाडौं । लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया सुरु भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहँदा रोकिएको निष्काशन प्रक्रिया आज (शुक्रबार) देखि पुनः सुरु भएको हो।

हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिँदै लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रियाको सुरुवात भएको छ । धितोपत्र बोर्डले पछिल्लोपटक २०८० साल पुस १९ गते सेयर निष्काशनको अनुमति दिएको थियो । पुस १९ गते रिडि हाइड्रोपावरले हकप्रद ल्याउने अनुमति पाएको थियो । त्यसअघि पुस २ गते सर्वोत्तम सिमेन्टले सेयर जारी गर्ने अनुमति पाएको थियो। त्यसपछिको समयमा बोर्डबाट कुनै पनि कम्पनीले आईपीओ वा हकप्रद जारी गर्ने अनुमति पाउन सकेको थिएन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

तर आज बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई कहकप्रद निष्काशनको अनुमति दिएर पुनः अनुमति प्रक्रिया सुरु गरेको हो । सार्वजनिक लेखा समितिको निर्देशनअनुसार प्रिमियमदरको र ९० भन्दा कम नेथवर्क भएका कम्पनीलाई अनुमति नदिने भनेकाले सोहीअनुसार बोर्ड बैठकले १०० रुपैयाँ दरका आईपीओको अनुमति दिने अधिकार अध्यक्षलाई दिएको बोर्ड सदस्य सुरकृष्ण वैद्यले लगानी न्यूजलाई जानकारी दिए । आइतबारको बोर्ड बैठकले निर्णय गरेको उनले बताए । ‘आईपीओको अनुमति दिनका लागि अध्यक्षलाई अधिकार दिइएको र एउटाको लागि अनुमति दिइएको छ,’ उनले भने ।

हिमालयन ऊर्जाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको हकप्रद सेयर बिक्रीमा ल्याउनेछ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ

धितोपत्र बोर्डको अध्यक्षबाट रमेशकुमार हमाल विदा भएसँगै साधारण सेयर (आईपीओ, एफपीओ, हकप्रद) निष्काशन प्रक्रिया अवरुद्ध भएको थियो । अहिले अध्यक्ष छनोटको प्रक्रिया समेत रोकिएको छ । अन्तर्वार्ताका लागि बोलाएका ५ जना मध्ये २ जना मात्रै उपस्थित भए पछि अध्यक्ष छनोट प्रक्रिया नै थप अन्यौलमा परेको छ ।

अहिले बोर्डको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई दिइएको छ । नयाँ अध्यक्ष नियुक्ति प्रक्रियालाई कुरेरको बोर्डले अहिले नयाँ नियुक्ति प्रक्रिया नै अन्योलपूर्ण भएको अवस्थामा बोर्डले सेयर निष्कासनको अनुमति दिएको सदस्य वैद्यको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्