काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १२.७९ अंक घटेर २६३६.१० विन्दुमा झरेको छ।
सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२१ प्रतिशत घटेको छ।
आज अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशत बढेको छ। कारोबारमा आएको एभरेष्ट कलरको सेयरमूल्य यस दिन सर्वाधिक ५.३६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। यस दिन २८ करोड ९१ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।









प्रतिक्रिया दिनुहोस्