काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालस्थित स्टोरमा ग्रोसरी सेवा २४ सै घण्टा सञ्चालन गर्ने तयारी तत्कालका लागि रोकेको छ। मंगलबारदेखि लागू गर्ने भनिएको उक्त योजना केही प्राविधिक समस्याका कारण अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको कम्पनीले जनाएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार ग्राहकलाई थप सहज र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यले चौबिसै घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, प्राविधिक कारणले हाललाई उक्त योजना अघि नबढाउने निर्णय गरिएको हो।









प्रतिक्रिया दिनुहोस्