Skip to content

सिन्धुली दुर्घटनामा घाइते भएका ७ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइयो

nabil
global ime

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेँरी खोलाको बगरमा खसेको हो ।

घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ । सिन्धुली प्रहरीका अनुसार गम्भिर घाइते भएका ७ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको हो ।

थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुमा धनुषा जनकनन्दिनी गाउँपालिका-९ बिर्ताकी सीता यादव, सीताका छोरा १४ वर्षका पियुस, ओम साह, धनुषा शहीदनगर नगारपालिका-७ का प्रिन्स साह, धनुषा शहीदनगर नगारपालिका- ७ का श्यामबहादुर मण्डल, धनुषा जनकनन्दिनी गाउँपालिका-२३ का दीपेन्द्र यादव र एक जना नामथर नखुलेका पुरुष रहेका छन् ।

दुर्घटना भएको गाडीमा १४ जना सवा रहेका थिए । अन्य ७ जनाको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T