कााठमााडौ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ११.०५ अंक घटेर परिसूचक २६२५.०५ विन्दु कायम भएको छ ।
आज ३४७ कम्पनीको ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँको १ करोड १ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज एभरेष्ट कलरको मूल्य ८.६३ प्रतिशत घटेको छ भने सयपत्री हाइड्रोपावरको मूल्य ६.५० प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको मूल्य ५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा छ । कम्पनीको ३२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १२ करोड रुपैयाँ कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्