Skip to content

सेयर बजारबाट ४ महिनामा २ अर्ब बढी पुँजीगत लाभकर संकलन, कात्तिकमा ३२ करोड ११ लाख मात्रै

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा सेयर बजारबाट राज्यले पुँजीगत लाभकरबापत २ अर्ब ७ करोड ७५ लाख ३८ हजार २३९ रुपैयाँ संकलत भएको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कात्तिक मसान्तसम्म उक्त रकम पुँजीगत लाभकर संकलन भएको हो ।

तथ्यांकअनुसार चालु आवको साउन महिनामा लगानीकर्ताहरुले ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ, भदौ महिनामा ६३ करोड २७ लाख ४६ हजार ५३० रुपैयाँ, असोज महिनामा ४९ करोड ८६ लाख ९८ हजार ९२१ रुपैयाँ र कात्तिक महिनामा ३२ करोड ११ लाख २७ हजार ४७२ रुपैयाँ लाभकर संकलन भएको छ ।

साउनदेखि कात्तिक मसान्तसम्म भने २ अर्ब ७ करोड ७५ लाख ३८ हजार २३९ रुपैयाँ संकलन भएको छ ।

सिडिएससीका अनुसार कात्तिक महिनामा व्यक्तिगत तर्फका दीर्घकालीन कारोबारीले १० करोड ३६ लाख ५८ हजार ९०७ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै व्यक्तिगत तर्फका अल्पकालीन कारोबारीले १० करोड ६४ लाख ९४ हजार १३२ रुपैयाँ लाभकर तिरेका छन् । यस्तै संस्थागत लगानीकर्ताले ११ करोड ९ लाख ७४ हजार ४३२ रुपैयाँ लाभकर तिरेका छन् ।

लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । यस्तै एक वर्षभन्दा बढी समयसम्म होल्ड गरेर बिक्री गर्दा ३.७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

सरकारले चालू आर्थिक बर्षको बजेटबाट दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर लगाएको थियो ।

पछि भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार पुँजीगत लाभकरको नयाँ दर कायम गर्ने निर्णय गर्यो ।

असोज ५ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्न व्यवस्था गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T